२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा ७४ प्रतिशत धान रोपाइँ



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बू गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये नौ हजार २४१ हेक्टरमा धान रोपाइँ गरिएको छ ।

कोशी प्रदेशको मध्य पहाडका आठ जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ६७ हजार ७१७ हेक्टर धान लगाउने क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।

यस्तै कोशी प्रदेश तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी गरी एक लाख ९३ हजार २८५ हेक्टर धान लगाउने क्षेत्रमध्ये कूल एक लाख ४६ हजार ३४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो । कोशी प्रदेशमा आठ लाख २६ हजार ६४६ हेक्टर जग्गा कृषियोग्य रहेको तथ्याङ्क छ । रासस