८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे

पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद् दुवैमा विवेक र तर्क कमजोर हुँदै गएको बताउनुभएको छ ।

४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उहाँले विवेक हराउँदा अहंकार र तर्क कमजोर हुँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

कांग्रेसभित्र पछिल्लो समय गालीगलौजमा उत्रिने प्रवृत्ति बढ्दै गएको भन्दै उहाँले पार्टी र संसद् दुवैमा तर्क र विवेकको अभाव देखिएको टिप्पणी गर्नुभयो । संसद्मा विवेक र तर्कको अभावका कारण जथाभावी निर्णय गर्ने र समस्या आएपछि त्यसलाई सच्याउने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो ।

नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाबमा नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विगतमा राजनीति व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा सञ्चालन भएको उल्लेख गर्दै उहाँले राजनीतिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जब विवेक हराउँछ, त्यो बिस्तारै अहंकारमा परिवर्तित हुँदो रहेछ । जब तर्क हराउँछ, त्यो गालीमा रूपान्तरित हुँदो रहेछ । विवेक र तर्क हराएर अहंकार र गालीमा परिवर्तित भएको अवस्था अहिले मेरो पार्टीको यथार्थता हो ।’

संसद्मा पनि यस्तै अवस्था रहेको उहाँले बताउनुभयो । ‘संसद्मा न तर्क छ, न विवेक छ । जे देख्यो त्यस्तै निर्णय गरिएको छ । विवेक गुमाएर अप्ठ्यारो परेपछि फेरि सही बाटोमा हिँड्ने प्रयास गरिएको छ,’ उहाँले भन्नुभयो ।

नेता आङदेम्बेले आजको राजनीति कार्यकर्ता, गरिब, निमुखा, श्रमजीवी, किसान र मजदुरको पक्षमा केन्द्रित हुनुपर्ने बताउनुभयो । राजनीतिलाई लगानीकर्ताको प्रतिफल र नाफा–घाटाको हिसाबबाट हेर्न नहुने उहाँको भनाइ थियो ।

उहाँले विवेक, तर्क, मर्यादा, इमान्दारिता र निष्ठालाई पुनः स्थापित गर्न नयाँ अभियान आवश्यक रहेको बताउनुभयो । बीपी कोइरालाको तस्बिर मात्र झुन्ड्याएर नभई उहाँका आदर्श र सिद्धान्तअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।