२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते



अ+ अ-

काठमाडाैँ । पाकिस्तान आएको मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा विगत २४ घण्टामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडिएमएका अनुसार पूर्वी पन्जाब प्रान्तमा नौ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यसै गरी उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा छ जनाको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख गरिएको छ । पछिल्लो घटनासँगै जुन २६ देखि देशव्यापी रुपमा चलेको मनसुनी घटनामा मृत्युको सङ्ख्या बढेर ७२ जना पुग्नुका साथै १८७ जना घाइते भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ३०१ वटा घर र गाईवस्तुमा क्षति पुगेको जनाइएको छ भने देशका विभिन्न भागहरूमा थप वर्षाको पूर्वानुमान गरिएको हुनाले अधिकारीहरूले बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।