७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको टेस्ट कप्तानमा शुभमन गिल नियुक्त, ऋषभ पन्त उपकप्तान



अ+ अ-

काठमाडौँ । ब्याट्सम्यान शुभमन गिललाई भारतीय टेस्ट टोलीको नयाँ कप्तान बनाइएको छ ।

साथै, ऋषभ पन्तलाई उपकप्तानको रूपमा चयन गरिएको छ । शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो घोषणा गरेको हो ।

यस्तै, इङ्ग्ल्याण्ड भ्रमणको लागि १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । जुन २० देखि सुरु हुने इङ्गल्याण्ड भ्रमणमा भारतले ५ टेस्ट खेल्नेछ ।

विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायरले टोलीमा स्थान पाएका छन् । यसैबीच, शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।

२५ वर्ष २५८ दिनको उमेरमा, गिल टेस्टमा भारतको कप्तानी गर्ने पाँचौं सबैभन्दा कान्छो क्रिकेटर बने ।

उनीभन्दा अगाडि मन्सुर अली खान पटौदी (२१ वर्ष, ७७ दिन), सचिन तेन्दुलकर (२३ वर्ष, १६९ दिन), कपिल देव (२४ वर्ष, ४८ दिन) र रवि शास्त्री (२५ वर्ष, २२९ दिन) छन् ।

३३ वर्षीय करुण नायरले ८ वर्षपछि टेस्ट खेल खेल्नेछन् । उनले आफ्नो अन्तिम टेस्ट २०१७ मा खेलेका थिए । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण नायरले टोलीमा स्थान बनाएका छन् ।