२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र उपसभामुख बिच द्विपक्षीय भेटवार्ता



अ+ अ-

काठमाण्डौ : उपसभामुख इन्दिरा राना मगरले र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी बिच द्विपक्षीय भेटवार्ता भएको छ ।

उपसभामुख राना मगरको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका उपाध्यक्ष सियाओ बिच होटल द्वारिकामा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटमा उपसभामुख रानाले नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्दै आएको बताउनुभयो । उहाँले नेपालको एक चीन सिद्धान्तप्रति प्रतिको प्रतिबद्धा दोहोर्‍याउँदै हाम्रो भूभाग चीनको हित विरुद्ध प्रयोग नहुने कुरा सुनिश्चित गर्न पनि उत्तिकै प्रतिबद्ध भन्नुभयो । ‘हामी नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्ने चीनको सिद्धान्तनिष्ठ अडानलाई पनि गहिरो महत्व दिन्छौं।’ उहाँले भन्नुभयो, ‘नेपाल एक चीन सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध छ। हाम्रो भूभाग चीनको हित विरुद्ध प्रयोग नहुने कुरा सुनिश्चित गर्न हामी उत्तिकै प्रतिबद्ध छौं।’

भेटका अवसरमा उपसभामुख रानाले पूर्वाधार, कनेक्टिभिटीदेखि स्वास्थ्य, शिक्षा र विपद्पछिको पुनर्निर्माणसम्मका हाम्रा राष्ट्र निर्माण प्रयासहरूमा चीनको उदार सहयोगको लागि आभार पनि ब्यक्त गर्नुभयो । उहाँले नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौंदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताउनुभयो । ‘नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको कुरामा म विश्वस्त छु ।’ उहाँको भनाई थियो ।

उपसभामुख रानाले नेपालका विकास आकांक्षाहरू, विशेष गरी कनेक्टिभिटी र पूर्वाधार विकासमा, साकार पार्न चीनको निरन्तर सहयोग चाहिने कुरामा जोड दिदै चीनलाई नजिकको मित्र र छिमेकीका साथै एक विश्वसनीय विकास साझेदारको रूपमा नेपालले भरोसा गरेको छ भन्नुभयो ।

भेटमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, राष्ट्रिय सभा अन्र्तगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्लोल्जेन शेर्पा, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायत सहभागी हुनुहुन्थ्यो । चिनियाँ पक्षबाट राजदूत छेन् सोङ्गसहित उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।