३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुने बताउनुभएको छ ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानविन हुने बताउनु भयो । उहाँले उक्त जग्गाबारे छानविन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिनुभयो । उहाँले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पु¥याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियो । चलचित्र विकास कम्पनी त्यसको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ । तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यु र सचिवज्यु यहीँ हुनुहुन्छ । हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइ हाल्नुहोला । के भएको छ, हामी खोज्छौँ । यदी कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पु¥याएर कन्ट्रोलमा ल्याउँछौँ ।’

प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताउनु भयो ।