८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित
अ+ अ-

काठमाडौँ: शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाईयो मन सोधिरहन्छ’ भन्दै । ‘तिमीलाई’को सट्टा कोही ‘हजुरलाई’कोही ‘तँलाई’कोही ‘मलाई’कोही ‘उनलाई’ सम्बोधन गरिरहेका थिए । सन्दर्भ थियोजीवनकुमार प्रसाईंले लेखेको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाईयो मन सोधिरहन्छ’को लोकार्पण ।

 नेपालयले आफ्नै प्रांगण आरशालाकालिकास्थानमा आयोजना गरेको दुई दिने पुस्तक मेलाको आरम्भ प्रसाईंको पुस्तक लोकार्पणबाट भएको थियो ।

आजका मानिसको भागदौडआपाधापीहस्याङफस्याङनिराशाएक्लोपनउदासी धेरै देखेकाले आफूले नयाँ पुस्तक लेखेको लेखक प्रसाईंले बताए । ‘नाम मेरो जीवनमेरो लेखन पनि जीवनकै वरिपरि घुमेको छ,’ लेखक प्रसाईंले भने, ‘जीवन वरदान होतर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ ।’

सबतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा छ तर अब इमोसनल इन्टेलिजेन्स (ईआई) पनि महत्वपूर्ण सवाल भएको बताउँदै लेखक प्रसाईंले भने, ‘भावनात्मक बुद्धिमताविना समूहमा कार्य गर्नसामाजिक हुन गाह्रो हुन्छ ।’

लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन जिउने काइदा’ पाठकको अत्यधिक रोजाइको पुस्तक होजसको नवौं पुनःमुद्रण भर्खरै बजारमा आएको पब्लिकेसन नेपालयले जनाएको छ ।

वैज्ञानिक अनुसन्धाता प्रसाईंका ‘सधैँ तन्नेरी’, ‘वरिपरि नै सर्वोपरि’, ‘धेरैको धपेडी’ पुस्तक पनि नेपालयबाटै प्रकाशित छन् ।

हलमा उपस्थितमध्ये अनिता कोइरालालाई लेखकले पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । अनिता कोइराला साहित्यकार तथा समीक्षक हुन् ।

फुल टाइम राइटिङ गर्छु भन्नेहरुका लागि जीवनकुमार प्रसाईं जस्ता लेखक चुनौती र दृष्टान्त एकसाथ हुन्,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘वैज्ञानिक सन्दर्भ र उद्धरण दिँदै अत्यन्त सजिलो र रसिलो सूक्तिमय भाषामा लेख्न सक्ने प्रसाईं राम्रो रचनामीठो नेपाली भएका नेपाली लेखकमध्ये पर्नुहुन्छ ।’

२३१ पृष्ठको पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम  (thuprai.comबाट तथा विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् ।