१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैश प्रमुख मसूद अजहरका १० आफन्त मारिए



अ+ अ-

एजेन्सी । कान्दहार विमान अपहरणका मास्टरमाइन्ड तथा आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरले बहावलपुरमा भएको भारतीय आक्रमणमा आफ्नो परिवारका १० सदस्य र ४ सहयोगी मारिएको बताएका छन् ।

बीबीसीको रिपोर्ट अनुसार, मसूद अजहरले एक विज्ञप्ति जारी गर्दै मारिनेहरूमा उनकी जेठी बहिनी र उनका पति, मसूद अजहरका भतिजा र उनकी श्रीमती, मसूदकी भतिजी र उनका पाँच छोराछोरी रहेको बताएका छन् ।

विज्ञप्तिमा आतंकवादी मसूदका तीन नजिकका सहयोगीहरू पनि मारिएको उल्लेख छ । यी बाहेक, एक सहकर्मीकी आमाको पनि मृत्यु भएको छ ।

संसद आक्रमण बाहेक, अजहर पठानकोट–पुलवामा आक्रमणको मास्टरमाइन्ड पनि हुन् ।

मसूद अजहर पहिलो पटक जनवरी २९, १९९४ मा बंगलादेशबाट विमानमार्फत ढाकाबाट दिल्ली पुगेका थिए । १९९४ मा अजहर नक्कली परिचय प्रयोग गरेर श्रीनगर प्रवेश गरेका थिए ।

२४ डिसेम्बर १९९९ मा, काठमाडौंबाट दिल्ली आउँदै गरेको एक भारतीय विमानलाई अजहरका भाइ र अन्य आतंककारीहरूले अपहरण गरेका थिए । उनले यसलाई अफगानिस्तानको कान्दाहार लगे, जहाँ त्यतिबेला तालिबानले शासन गरेको थियो । विमानमा कैद गरिएका मानिसहरूको बदलामा मसूद अजहरसहित ३ आतंककारीलाई रिहा गर्ने माग गरिएको थियो ।