१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा



अ+ अ-

काठमाडौँ। प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इण्ड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था ‘अनररी कन्सुलर कप्र्स नेपाल’ (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।

डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आफ्नो कार्यकालको योजना प्रश्तुत गर्दै वैद्यले एचसीसीएनलाई केवल एउटा ‘क्लव’ को रूपमा मात्र नभई मुलुकको विकासका लागि जिम्मेवार संस्थाका रूपमा अघि बढाउने बताउनु भयो ।

वैद्यले वर्तमान सरकारले अघि सारेको ‘आर्थिक कुटनीति’ को अवधारणालाई सफल पार्न एचसीसीएनले सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने बताउनु भयो । दक्षिण एशियामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था न्युन रहेकोप्रति चासो व्यक्त गर्दै उहाँले लगानीकर्ताहरूलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आश्वस्त पार्न एचसीसीएनले सक्रिय भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

अवैतनिक वाणिज्यदुतहरूलाई हेर्ने सार्वजनिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उहाँले संस्थाभित्र व्यावसायिक विकास र तालिमका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।  उहाँले वाणिज्यदुतहरूको भुमिका सुविधा र ‘निलो नम्बर प्लेट’ मा मात्र सिमित नभई उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भुमिका र नेपालले प्राप्त गरेको सम्मानका बारेमा जनस्तरमा जानकारी गराउनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो भुमिका केवल आलंकारिक मात्र होइन । हामी ६४ वटा देशको प्रतिनिधित्व गर्छौं, जसले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १०० ट्रिलियन डलर र विश्व जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्छन् । यो ठूलो शक्ति र अवसरलाई नेपालको हितमा प्रयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ । हामी सरकार, लगानी बोर्ड, पर्यटन बोर्ड र निजी क्षेत्रका छाता संगठनहरू (एफएनसीसीआई, सीएनआई र चेम्बर अफ कमर्स) सँग नजिक रहेर काम गर्नेछौँ । निजी–सार्वजनिक साझेदारी नै देश अघि बढाउने मुख्य माध्यम हो ।’

आफ्नो कार्यकालभित्रै युरोपका विभिन्न देशहरूमा नेपालको प्रवद्र्धनका लागि ‘रोड शो’ आयोजना गर्ने लक्ष्य राख्नुभएको छ । काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि  बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए । सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशकभन्दा पुरानो व्यापारिक घराना वैद्य अर्गनाइजेसन टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा लामो समयदेखि रहँदै आएको छ । योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।–न्युज एजेन्सी नेपाल