९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते



अ+ अ-

काठमाडौँ। भारतको पश्चिमी राज्य गुजरातको एक अवैध पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

स्थानीय प्रहरीकाअनुसार अहमदाबाद सहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटपछि भीषण आगलागी भएको थियो ।

प्रहरीले उक्त पटाका निर्माण इकाई अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ । विस्फोटको समयमा कारखानामा करिब १५ जना कामदार कार्यरत थिए ।

घटनामा घाइते भएका १० जनालाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थालाई दृष्टिगत गर्दै मृतकको संख्या बढ्नसक्ने चिकित्सकहरूले आशंका गरेका छन् ।

विस्फोटको वास्तविक कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गर्नुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल