२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार



अ+ अ-

काठमाडौँ। चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङकिङ नगरपालिकामा गएको पहिरोमा परी पुरिएका सात जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीय अधिकारीहरूले शुक्रवार यस घटनाको पुष्टि गरेका हुन् । पेङशुई मियाओ र तुजिया स्वायत्त काउन्टीस्थित वुजियाङ नदीको तटीय क्षेत्रमा शुक्रवार बिहान करिब ९ बजे पहिरो खसेको थियो ।

पहिरोले सो क्षेत्रका केही घरहरू पुरेको बताइएको छ, यद्यपि क्षतिग्रस्त भएका घरहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन ।

अधिकारीहरूका अनुसार पहिरो प्रभावित क्षेत्रमा तत्कालै उद्धार टोली परिचालन गरिएको थियो । उद्धार गरिएका सातै जनालाई सुरक्षित स्थानमा पु¥याइएको छ ।

घटनाको विस्तृत विवरण र थप क्षतिको आकलन गर्ने कार्य जारी रहेको बताइएको छ ।सिन्ह्वा/न्युज एजेन्सी नेपाल