९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।

छलफलका क्रममा निर्यात प्रवर्द्धनमा देखिएका चुनौती, नीतिगत सुधारका आवश्यकता तथा निर्यात वृद्धि गर्न अपनाउन सकिने व्यावहारिक उपायबारे प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीसँग राय–सुझाव लिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय देशको अर्थतन्त्र सुदृढीकरण, उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायी र सम्बन्धित सरोकारवालासँग निरन्तर संवाद गर्दै आउनुभएको छ। सरकारले निजी क्षेत्रसँगको सहकार्यमार्फत लगानी, उत्पादन र निर्यात अभिवृद्धि गर्ने रणनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।