८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कुटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न उनीहरूलाई आग्रह गर्नुभएको हो । मन्त्री खनालले खासगरी नेपालमा आवासीय कुटनीतिक नियोगहरू नभएका मुलुकहरूसँगको व्यावसायिक, सांस्कृतिक र संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदुतहरूले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले वाणिज्यदुतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकाङ्क्क्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिनुभयो । परराष्ट्रमन्त्री खनालले अवैतनिक वाणिज्यदुतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै मन्त्री खनालले युवा पुस्ताको आकाङ्क्क्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालय र अन्य सम्बद्ध निकायहरू नेपालको आर्थिक कूटनीति अघि बढाउन र आर्थिक साझेदारीलाई गहिरो बनाउन तपाईंहरूसँग निकट रहेर सहकार्य गर्न उत्सुक छन् । हाम्रो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्दै पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नु हो । सरकारको पहिलो वर्ष कानुनी र संस्थागत सुधारमा केन्द्रित हुनेछ ।’

मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने बताउनु भयो । मन्त्री खनालले विश्वव्यापी भू–राजनीतिक र प्राविधिक परिवर्तनको समयमा अवैतनिक वाणिज्यदुतहरूको अन्तर्दृष्टि र संलग्नता थप मूल्यवान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय कानून र घरेलु कानूनी ढाँचाको परिधिभित्र रही उच्च व्यावसायिकता र निष्ठाका साथ आफ्नो जिम्मेवारी निभाउन वाणिज्यदुतहरूलाई आह्वान समेत गर्नुभयो ।–न्युज एजेन्सी नेपाल