९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र बार्बाडोसबीचको शैक्षिक तथा प्राविधिक सहकार्य थप सुदृढ



अ+ अ-

काठमाडौँ। बार्बाडोसकी प्रशिक्षण तथा उच्च शिक्षा मन्त्री सान्ड्रा हजबन्ड्सले चीन र बार्बाडोसबीचको शैक्षिक सहकार्य विस्तार र सुदृढ हुँदै गएको बताउनुभएको छ ।

दुई देशबीचको साझेदारी हाल अझ वृहत, फराकिलो र गहिरो बनेको भन्दै उहाँले चीनको सहयोगको प्रशंसा गर्नुभएको हो ।

मन्त्री हजबन्ड्सकाअनुसार चिनियाँ सरकारको सहयोगमा बार्बाडोसमा ‘होप एग्रिकल्चरल ट्रेनिङ इन्स्टिच्युट’ को निर्माण सम्पन्न भएको छ ।

चिनियाँ जनताका तर्फबाट बार्बाडोसका नागरिकलाई उपहारस्वरूप प्राप्त सो संस्थानले कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

यस संस्थानमार्फत पशुपालन, हरितगृह (ग्रीन हाउस) प्रविधि, भर्टिकल फार्मिङ, एक्युपोनिक्स, मौरीपालन र स्थल खेती जस्ता क्षेत्रमा प्राविधिक तालिमहरू उपलब्ध गराइएको छ ।

मन्त्री हजबन्ड्सले चीनसँगको शैक्षिक सहकार्यले शिक्षाको क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग सुनिश्चित गरेको र दक्ष जनशक्तिमार्फत ज्ञान हस्तान्तरणमा टेवा पुगेको उल्लेख गर्नुभयो ।

बार्बाडोसका नागरिकहरूले आधुनिक प्रविधिको प्रयोग र कार्यशैलीलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउँदा उनीहरूमा थप हौसला मिल्ने र यसले देशको विकासको लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल