६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गयो, आमाको अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ । धनुषामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सुशीलकी श्रीमती ३० वर्षीया पविता साहको अवस्था गम्भीर छ । उनको प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सोमबार साँझ पौने सात बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए ।

स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको भएपनि अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।

प्रहरीले खबर पाउनासाथ घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या गरेको र आफू स्वयं पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।