१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गयो, आमाको अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ । धनुषामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सुशीलकी श्रीमती ३० वर्षीया पविता साहको अवस्था गम्भीर छ । उनको प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सोमबार साँझ पौने सात बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए ।

स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको भएपनि अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।

प्रहरीले खबर पाउनासाथ घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या गरेको र आफू स्वयं पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।