६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



फाईल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेता ज्ञवालीको आज निधन भएको हो । कांग्रेसले उहाँले सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । लामो समयसम्म कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

विसं २०२३ देखि राजनीतिमा प्रवेश गर्नुभएका स्व ज्ञवालीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २००८ जेठमा जन्मनुभएका उहाँले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताउनुभएको थियो ।

तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सर्वस्वहरण गर्नुका साथै आजिवन कारावासको सजायसमेत गरेको थियो । रासस