२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल, सिटीको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ६१ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा योआने वीसाले गोल फर्काउँदै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीसँगै आर्सनल ३२ खेलबाट ६३ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ । ब्रेन्टफोर्ड ४३ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५–२ गोलले हरायो । घरेलु मैदान इतिहाडमा सिटी दुई गोलले पछि परेको थियो । खेलको ८ औं मिनेटमा एबेरेची एजेले तथा २१ औं मिनेटमा क्रिस रिचार्ड्सले गोल गर्दै प्यालेसलाई २–० को अग्रता दिलाएका थिए ।

तर, ३३ औं मिनेटमा केभिन डि ब्रुएनाले र ३६ औं मिनेटमा ओमार मार्मोसले गोल गर्दै सिटीलाई पहिलो हाफमै २–२ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा माटिओ कोभासिच, जेम्स म्याक्टी र निको ओ’रेलीले गोल गर्दै सिटीलाई ५–२ को जित दिलाए । योसँग सिटी ३२ खेलबाट ५५ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । प्यालेस ३१ खेलबाट ४३ अंकका साथ १२ औं स्थानमा छ ।