१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल

कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक पूर्वाधारको स्थलगत अनुगमन गरेर नेपालगन्ज फर्कनुभएको छ ।

जुम्लाबाट मुगु हुँदै सोमबार हुम्ला पुग्नुभएका मन्त्री लम्सालले कर्णालीका सडकलगायतका पूर्वाधारहरूको विकास अवस्था, निर्माणकार्यको प्रगति अध्ययन र सबै सरोकारवालाहरूको माग तथा सुझाव सङ्कलन गरेर आज नेपालगन्ज फर्कनुभएको हो ।

काठमाडौँबाट गत शुक्रबार सुर्खेत अवतरण भएलगत्तै वीरेन्द्रनगरमा सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख, निर्माण व्यवसायी, जनप्रतिनिधि, राजनीतिकर्मी, जनतासहित सबै सरोकारवालाहरूसँग संक्षिप्त छलफल गरेर कर्णाली राजमार्गको दैलेख हुँदै कालीकोटको सदरमुकाम मान्म पुग्नुभएको थियो ।

शनिबार कालीकोट खण्डको सडक, भौतिक संरचनाको अनुगमन गरी प्राविधिक रूपमा देखिएका त्रुटि सुधार गर्न र बजेटको समुचित प्रयोग हुनेगरी खर्च गर्न निर्देशन दिनुभयो । यात्राका क्रममा कर्णाली राजमार्गलगायत सहायक मार्गहरू, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका संरचनाहरूको मन्त्री लम्सालले अनुगमन गर्नुभएको छ ।

मुगु जिल्लाको सडक अवलोकन गर्दै हुम्ला पुग्नुभएका उहाँले स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग प्रत्यक्ष छलफल, अन्तक्र्रिया गरी उनीहरूका समस्या, आवश्यकता, माग र सुझाव सङ्कलन गरी फर्कनुभएको सांसद रमेश सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीजस्तो भौगोलिक विकट र जोखिमपूर्ण बाटोमा आफैँ सवारी चलाएर स्थलगत अनुगमन गर्ने र जनतासँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या सुन्ने लम्साल इतिहासकै पहिलो मन्त्री हुनुहुन्छ । अनुगमनका क्रममा उहाँ आफैँले कर्णालीको विकासका लागि सरकारले के–के गरिदेओस् भन्ने चाहनुहुन्छ भनेर जनतासँग जिज्ञासा राख्नुभयो र आएका सुझावलाई नोट गरेर लिनुभएको छ ।”

उहाँका अनुसार कर्णालीवासीले दुई लेनको कर्णाली राजमार्गको स्तरोन्नति, सबै जिल्लामा सडक सञ्जाल जोड्नुपर्ने, पुल, खानेपानी, सञ्चार, सिँचाइ, विद्यालय निर्माण गर्नुपर्नेलगायतका आवश्यकता समेटिएका माग राखेका थिए ।

यतिबेला मन्त्री आफैँले कर्णाली सडकलगायतका पूर्वाधारको अवस्था र नागरिकहरूको समस्या तथा आवश्यकता नजिकबाट अध्ययन गरेर जानुभएकाले अब विकासले गति लिने अपेक्षा यहाँका जनताले गरेको सांसद