१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
अ अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीले बाँके जिल्लामा गत असार महिनामा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेख्य प्रगति हासिल दाबी गरेको छ । जिल्ला प्रहरीले गत असारमा मात्रै २१६ वटा मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस महिनामा जघन्य अपराधका ११, गम्भीर प्रकृतिका ५८ र सामान्य अपराधका १४७ वटा मुद्दा दर्ता भएका थिए ।

जघन्य अपराधका मुद्दामा १० वर्षमाथि सजाय हुने र गम्भीर प्रकृतिका घटनामा तीनदेखि १० वर्षसम्म सजाय हुने प्रावधान रहेको प्रहरीले जनाएको छ । त्यस्ता मुद्दामा कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध कारोबार, अपहरण तथा शरीर बन्धकलगायत रहेका छन् । प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १६ वटा मुद्दामा १४ जनालाई पक्राउ तथा आर्थिक अपराधसम्बन्धी ५४ वटा घटना दर्ता भएको उहाँले बताउनुभयो । प्रहरीले चालु मुद्दाका १५७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

सार्वजनिक चासो रहेका ५४ वटा थाँती रहेका मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एकवटा मुद्दासमेत दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ९२ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट ४५ वर्ष तीन महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । उनीहरूबाट रु ४७ लाख १० हजार ३५१ बिगो तथा क्षतिपूर्ति रकमसमेत असुल गरिएको जनाएको छ । महिलामथि हुने घरेलु हिंसासम्बन्धी ५२ वटा मुद्दामध्ये ४९ अदालत पठाइएको जानकारी दिइयो ।रासस