१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
अ अ+ अ-

काठमाडाैँ । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवर्द्धन र विकाससँगै ती घरबासलाई उत्पादनसँग जोड्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले मकवानपुरगढी गाउँपालिका–२ गढीदरबारस्थित होमस्टेका र ढुङ्गेगढीस्थित होमस्टे तथा वडा नं ८ बुढीचौरस्थित होमस्टेलगायतलाई व्यवस्थित बनाउन खोजिएको छ । गाउँपालिकाले कृषि पर्यटनमा पनि जोड दिँदै आएको छ । त्यस पालिकाको वडा नं ८ मा प्रदेश तथा स्थानीय तहको साझेदारीमा उन्नत तरकारी बाली विकास तथा वडा नं ३ मा गाई पकेट कार्यक्रम सञ्चालन भइरहेको छ । पालिकाबाट भदौ–असोजमा दैनिक २२–२३ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला विकास गरिने नीति अघि बढाउँदै पालिकाले पशु बिमा, खोप, कृत्रिम गर्भाधान, घाँस उत्पादनमा ध्यान केन्द्रित गरेको जनाएको छ । कृषि क्षेत्रलाई उत्पादनमुखीमात्र नभई बजारमुखी बनाउने सोचका साथ पालिकाले रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार, किसान परिचयपत्र तथा उत्पादनमा आधारित प्रोत्साहनलाई संस्थागत गरिने जनाएको छ ।

पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, बिपी पार्क तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीतिसमेत पालिकाले अघि सारेको छ । भाषा, कला, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण गर्दै तामाङ संस्कृति, लोकबाजा, परम्परागत ज्ञान र स्थानीय पर्वको प्रवर्द्धन गरिने अध्यक्ष स्याङ्तानले स्पष्ट पार्नुभयो ।