२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ

समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ
अ अ+ अ-

सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले समाजवाद निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज यहाँ एमाले सप्तरीको १०औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले नेपालमा समाजवादको स्थापनाविना पार्टीले सोचअनुरुप सामाजिक जीवनमा परिवर्तन सम्भव नरहेको र कुनै पनि पार्टीले समाजवाद निर्माण गर्न नसक्ने बताउनुभयो ।

उपाध्यक्ष थापाले देशमा गरिबी निवारण, विकास तथा समृद्ध नेपाल निर्माणका लागि समाजवाद क्रान्ति आवश्यक रहेको र त्यो एमालेबाट मात्रै सम्भव हुने धारण राख्नुभयो । उहाँले भन्नुभयो, “एमालेलगायत पार्टीले लोकतन्त्रिक  गणतन्त्र ल्याउनका लागि योगदान दिए तर अब समाजवाद निर्माणमा एमाले पार्टीको अहम् भूमिका छ । यसमा हामीले गम्भीरताका साथ लाग्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस