२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य
अ अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ ।

बेनी–१ रत्ने चौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो । नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नजितामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशजनक भएको बताउनुभयो ।

ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन् । बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ ।

कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो । साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ”, शिक्षा शाखाका अधिकृत ढकालले भन्नुभयो ।

परीक्षामा सहभागी आठ ८४ विद्यार्थीमध्ये छ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ । शाखाकाअनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जनाअनुत्तीर्ण भएका छन् ।

ढकालका अनुसार गतवर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच÷पाँच अङ्क र दुई विषयमा दुई÷दुई अङ्क ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अङ्क) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । उहाँले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्र्तक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिनुभयो । रासस