६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले जिते टेनिस उपाधि



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवैतर्फको टेनिस उपाधि जितेका छन् ।

काठमाडौंको मण्डिखाटारमा आयोजित एमेच्युअर टेनिस प्रतियोगिता–२०२५“ मा थापाले ६५ वर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।

आज बिहान भएको फाइनलमा सिङ्गलतर्फको फाइनलमा कर्मा घलेलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्सतर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६–२, ६–३ को सेटमा जित निकालेका थिए ।

थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समुहको शीर्ष स्थानमा छन् ।