३१ असार २०८३, बुधबार
,
Latest
चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क आँखा शिविर सञ्चालन



तस्बिरः फाइल
अ+ अ-

मान्म, (कालीकोट) । कालीकोटको सदरमुकाम मान्ममा नि:शुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाका बिरामीले सेवा लिन सजिलो भएको छ ।

नेपाल नेत्रज्योती सङ्घ जिल्ला आँखा उपचार केन्द्र कालीकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चाालन गरिएको शिविरमा आई केयर फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । यसअघि महावै गाउँपालिका–२ ओदानकुमा पनि आँखा शिविर सञ्चालन गरिएको थियो ।

जिल्ला आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डबल अधिकारीले शिविर सुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तह तथा अन्य जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने बताउनुभयो । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्द नाथ योगीले वर्षौंदेखि आँखा नदेखेर थला परेका बिरामीले उपचार पश्चात् संसार देख्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताउनुभयो ।  आँखाको उपचार गर्न नसकेकालाई यो शिविरबाट राहत पुगेको  स्थानीयले बताएका छन् । रासस