११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु

सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु
अ अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गरेका हुन् ।

उनीहरुले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् । हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक ९गाइड० दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गर्नुभयो । शेर्पाले धेरै मानिसहरु हिमाल अरोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गर्नुभयो । हिमाल आरोहणका लागि मौसम सधैँ अनुकुल नहुँदा कहिले काहीँ एकैदिन भार पर्ने कुरालाई मात्रै हेरेर ‘हिमालले अब धान्दैन’ भनी गलत प्रचार नगर्न आग्रह गर्नुभयो । उहाँले आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा रहेको दाबी गर्नुभयो । उहाँले क्षणिक सुख र अर्थोपार्जनको लोभमा प्रकृति र संस्कृतिको विनाश भइरहदा पर्वतीय र सांस्कृतिक पर्यटक आवागमनमा कमि आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्लाइमेटको कुरा गर्दैगर्दा के साँच्चिकै पपुलेसनले गर्दा यो भइरहेको छ की विभिन्न गतिविधिले गरिरहेको छ भन्ने हामी आजको दिनबाट सरकारले र हामी व्यक्तिहरुले शुरु गर्नु जरुरी छ । हामीसँग च्यालेन्ज छ, क्लाइमेट चेन्जले च्यालेन्ज भयो भन्दै गर्दा के हामीले यो लग्जरीपन अलिकति घटाउन सकिँदैन रु एभरेष्ट बेसक्याम्पमा धेरै जना मान्छे उपस्थित भएर हिउँ बिलय भएको हो रु वा उसलाई सुविधा दिनको लागि कफी मेसिनदेखि लग्जरी सोफा लगेर आइस बनेर त्यो हिउँ विलय भएको हो रु यसमा अध्ययन गर्न जरुरी छ । धेरै मानिसहरु भएर अब यो हिमालले थेग्न सकेन भनेर एउटा अदालतले पनि साहित्यिक रुपमा एउटा आर्टिकल न्युज लेख्नुभएको थियो । सगरमाथाले अब मान्छे थेग्न सक्दिन कम गर्नुपर्छ भनेर । हामीले त्यो एक दिनको ट्राफिकलाई हेरेर निर्णय गर्नु हुँदैन । अरु क्षेत्रमा हजारौँ संख्यामा हुँदा जलवायु परिवर्तनमा असर नगर्ने त्यहाँ गर्ने भन्ने हुँदैन । मान्छे धेरै भएर नै त्यो स्थिति भएको हो त रु होइन, वेदर विन्डोले गर्दा हो ।’

जलवायु विज्ञ पपुलर जेन्टलले जलवायु न्यायको मुद्दा विश्वव्यापी रुपमा पेचिलो बन्दै गएकाले त्यससम्बन्धमा राष्ट्रको आफ्नै रणनीति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हिमाल संरक्षण र जलवायु अनुकुलनका कार्यक्रममा दात्तृ निकायको मात्रै भर पर्न नहुनेमा पनि जोड दिनुभयो । युएनफसिसिसिमा माउण्टेनको विषयमा चर्चा हुने गरेको भएपनि मुल मुद्दा बन्न नसकेको उल्लेख गर्दे मुल मुद्दा नबनेसम्म यसमा अन्तराष्टिय लगानी बढ्न नसक्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो माउण्टेन रिजनले नेपाललाई मात्रै होइन विश्वलाई सेवा दिइरहेको छ । माउण्टेनमा मात्रै नभई तल्लो तटिय क्षेत्रमा बस्नेलाई पनि स्वच्छ पानी दिइरहेको छ । माउण्टेनले एयर कुलिङको काम गरिरहेको छ । माउण्टेन रिजनले प्रोभाईड गरेको ग्लोवल सर्भिसहरु थ्रेटमा छ अहिले जलवायु परिवर्तन, प्रदुषण जस्ता वातावरणणीय संकटले गर्दा । हाम्रो आफ्नो क्षमताले मात्रै यस क्षेत्रमा काम गर्न सक्दैनौँ । त्यसैले यो ग्लोबल एजेण्डा बन्नुपर्छ । माउण्टेनको एजेण्डालाई युएनएफसिसिसिको मुल एजेण्डा कहिले पनि बन्न सकेको छैन । सधैँ पेरिफेरिमा छ । जब माउण्टेनको एजेण्डा युएनएफसिसिसिको कोर बिजनेस बन्छ तब यसमा इन्भेस्टमेण्ट हुन्छ ।’

इसिमोड प्रमुख पेमा ग्यामात्सोले सांस्कृतिक र धार्मिक रुपमा पनि माउण्टेनको निकै ठूलो महत्व रहेको उल्लेख गर्दे उहाँले हिमालको संरक्षणमा सबैले योगदान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनःमूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । मानव विकासको सबै चरणमा आवश्यक कुरालाई अहिलेसम्म हिमालले दिँदै आएकाले अब मानव समुदायले हिमाल संरक्षणमा योगदान पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनका असर कम गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायको मात्रै मुख ताक्ने नभइ आफ्नो ठाउँबाट सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम भएको मुलुक रहेको भन्दै त्यसको असर न्युनिकरणका लागि नेपालले लगानी बढाउन जरुरी रहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्नेमा जोड दिनुभयो ।