८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday
Latest
स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह प्रधानमन्त्री कपः आर्मीले गण्डकीलाई ६ विकेटले हरायो प्रेस चौतारीको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी घोषणा सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै रविले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा निवेदन दर्ता गराए कामपाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २५ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।