८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशन यही चैत ८ गतेदेखि



अ+ अ-

ललितपुर। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ र ९ गते हुने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुने बताउनुभयो ।  हालसम्म छ प्रदेश, ७२ जिल्लाका १६० सङ्घीय निर्वाचन क्षेत्र, ३२० प्रदेशसभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेशको अधिवेशन भने यही चैत ४ गते महोत्तरीको बर्दिबासमा हुने महाधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक माधव चौलागाईंले जानकारी दिनुभयो । नेपाल सरकारले गरेको वर्गीकरणअनुसार सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको महाधिवेशनमा सहभागिता रहने उहाँंले बताउनुभयो । महाधिवेशनमार्फत ३९ जना निर्वाचित र १२ जना मनोनीत गरी ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

लोकतान्त्रिक अपाङ्ग सङ्घको विधानअनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छभने कोषाध्यक्ष तथा दुईजना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उहाँले जानकारी दिनुभयो ।

महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो । महाधिवेशन सम्पन्न गर्न १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरी कार्य प्रारम्भ गरिएको संयोजक चौलागाईंले बताउनुभयो । रासस