८ भाद्र २०८३, सोमबार
,
Latest
बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुका पत्रकार शाहीलाई झापामा सम्मान



अ+ अ-

काठमाडौं। कर्णाली प्रदेश मुगु जिल्लामा कार्यरत पत्रकार राजबहादुर शाहीलाई झापा सम्मान गरिएको छ ।

झापा स्थित पाथीभरा अनलाइन टेलिभिजनद्धारा आयोजित पाथीभरा साहित्य पत्रकारिता साधन सम्मेलन २०८३ को शाहीलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

बिगत तीन दशक देखि कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु रहि ग्रामिण पत्रकारिता तथा साहित्य क्षेत्रमा दिर्घकालिन योगदान पुरयाए बाफत शाहीलाई सम्मान गरिएको पाथीभरा अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रर्बधन दिपक विवसले जानकारी गराए ।

यस सम्मान कार्यक्रममा दुर्गम कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्न पाउदा खुशी लागेको अध्यक्ष दिपकको भनाई छ । शाही सहित बिभिन्न क्षेत्रमा योगदान पुरयाउन कलाकार पत्रकार खेलाडी समाजसेवी लगायत ब्यक्तिहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सोरु गाउपालिका —४ मा जन्मिएका शाही द्धन्दकालमा अस्थायी शिक्षक पेसा त्यागेर पत्रकारिता क्षेत्रमा लागेका शाहीले मुगुमा बिकास निर्माण, भोकमरी अभाव, जोखिम सुत्केरी, जडिबुटी, पर्यटन, मुगु सम्भावना, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा कलम चलाउदै आएका छन ।

पत्रकारित क्षेत्र मार्फत शाहीले मुगु जोजिम सुत्केरी महिलाहरु बारेमा समाचार लेखेर धेरै जनाको उद्धार गरेका छन । त्यसै गरि कुपोषण आङखस्ने महिलाको बिषयमा निरन्तर कलम चलाउदै आएका छन ।

साहित्य क्षेत्रमा पनि शाहीको उत्तिकै रुची छ । रारा साहित्य समाज कर्णाली साहित्य प्रतिष्ठान लगायत क्षेत्रमा रहि कथा कविता गजल लेख्दै र पत्रपत्रिका प्रकासित गर्दै आएका छन ।

मुगुको मान्छे झापामा सम्मान हुनु पाउदै सारै खुशी लागेको शाहीले बताए ।उनका अनुसार आयोजकले दुर्गम क्षेत्रको पत्रकारिता तथा साहित्य क्षेत्रको उच्च मुल्याङन गरि सम्मान गरेको उनको भनाई छ । कठिन परिस्थिति बाबजुद दुर्गम क्षेत्रमा काम गर्ने पत्रकारहरु हरेक सेवा बाट बञ्चित हुने गरेका छन ।

उनी २०५७ देखि २०५८ सम्म अन्नपूर्ण पोष्टको मुगु संवाददाता र २०५९ देखि २०८१ सम्म कान्तिपुर मिडिया ग्रुपको जिल्ला संवाददाता र हाल कान्तिपुर टेलिभिजनको मुगु संवाददाता तथा बिगत दुई बर्ष यता देखि क्याराभान रिर्चस मिडिया प्रा लिका अध्यक्ष पदमा रहि पत्रकार क्षेत्र कलम चलाउदै आएका छन ।