८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

आफ्नो सम्मानमा लन्डनस्थित नेपाली दूतावासले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा उहाँले जलवायु परिवर्तनको असर देशको  कृषि, पर्यटन र दैनिक जीवनमा परिरहेकाले त्यसलाई घटाउन बेलायतजस्ता नेपालको विकासका साझेदारहरुको  सहयोग आवश्यक भएको बताउनुभयो ।

जलवायु परिवर्तनका असर घटाउने तथा जैविक विविधता संरक्षण नेपालको मात्र नभई अन्तरराष्ट्रिय समुदायको चासोको विषय भएको बताउँदै मन्त्री ठकुरीले नेपाल र बेलायतबीचको समुधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

मन्त्री ठकुरीको निजी सचिवालयका अनुसार गोर्खा सैन्यका कारण नेपाल–बेलायत सम्बन्ध अझ उन्नत रहेको चर्चा गर्दै उहाँले दूतावासका कर्मचारी तथा कूटनीतिक नेतृत्वलाई मातृभूमिको चौतर्फी विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गर्नुभयो ।

हालै जारी भएको अध्यादेशले विदेशी लगानी प्रोत्साहन गरेको र अन्य ऐनकानुन पनि लगानीमैत्री भएकाले मातृभूमिको औद्योगिक विकासका खातिर पुँजी जुटाउने दिशामा सक्रियताका साथ काम गर्न मन्त्री ठकुरीले सुझाउनुभयो ।

नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायत र नेपालबीचको दुई शताब्दीभन्दा पुरानो कूटनीतिक सम्बन्धको चर्चा गर्दै द्विपक्षीय हित, साझा चासो र आपसी लाभ प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।




भर्खरै