२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने



अ+ अ-

खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा निस्शुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको हो ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो ।

“दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट डा दिवाकर चौधरीको नेतृत्वमा १४ जनाको प्राविधिक टोली आउँदै हुनुहुन्छ ।”

आयोजकका अनुसार शिविरमा करिब दुई हजार १०० जनाले सेवा लिने अनुमान गरिएको छ । शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र बासको समेत व्यवस्था गरिएको छ ।

विसं २०६० वैशाख १० गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको सङ्घले २७ हजार ५०१ जनाको आँखा उपचार गराइसकेको जनाइएको छ । नि:शुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको रु तीन लाख ५० हजारदेखि रु चार लाखसम्म खर्च हुने जनाइएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

सङ्घले सदरमुकाम दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्र सञ्चालनका लागि सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष रु पाँच लाख  उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभयो । रासस