३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.47

Wind: 2.06

Humidity: 35

Latest
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता नदी सफाइका क्रममा मूर्ति भेटियो पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल ललितपुरको पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’ फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने



अ+ अ-

खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा निस्शुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको हो ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो ।

“दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट डा दिवाकर चौधरीको नेतृत्वमा १४ जनाको प्राविधिक टोली आउँदै हुनुहुन्छ ।”

आयोजकका अनुसार शिविरमा करिब दुई हजार १०० जनाले सेवा लिने अनुमान गरिएको छ । शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र बासको समेत व्यवस्था गरिएको छ ।

विसं २०६० वैशाख १० गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको सङ्घले २७ हजार ५०१ जनाको आँखा उपचार गराइसकेको जनाइएको छ । नि:शुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको रु तीन लाख ५० हजारदेखि रु चार लाखसम्म खर्च हुने जनाइएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

सङ्घले सदरमुकाम दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्र सञ्चालनका लागि सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष रु पाँच लाख  उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभयो । रासस