३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य

सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य
अ+ अ-

काठमाडौँ । सरकारले सन् २०३५ सम्म डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधिको क्षेत्रमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य सचिव दीपेश बिष्टले मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सरकारले सन् २०३५ सम्म वार्षिक ९ खर्ब रुपैयाँभन्दा बढीको सूचना प्रविधि तथा डिजिटल सेवा र उत्पादन निर्यात गर्ने लक्ष्यसमेत राखेको छ । यसबाट मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा डिजिटल अर्थतन्त्रको योगदान १२ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

बिष्टले डिजिटल रूपान्तरण भन्नाले सरकारी सेवाहरूलाई कागजी प्रक्रियाबाट अनलाइनमा सार्नु मात्रै नभएको स्पष्ट पार्नुभयो । सेवाग्राहीले भौतिक रूपमा लाइन बस्नुपर्ने अवस्थालाई अनलाइनमा सार्नु मात्र वास्तविक डिजिटल ट्रान्सफर्मेशन नभएको उहाँको भनाइ छ ।

“एउटा ठाउँबाट लाइनलाई सारेर अर्को ठाउँमा हामीले लाइन ट्रान्सफर गर्‍यौँ भने त्यो डिजिटल ट्रान्सफर्मेशन होइन,” उहाँले भन्नुभयो, “डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल ट्रान्सफर्मेशन तीनवटा अवधारणा हामीले बुझ्न जरुरी छ ।”

उहाँले लोकसेवा आयोगले अनलाइन प्रणाली विकास गरेपछि भौतिक लाइन हटेको उदाहरण दिँदै अहिले पनि कतिपय अवस्थामा सेवाग्राहीको लाइन मात्र डिजिटल माध्यममा स्थानान्तरण भइरहेको बताउनुभयो ।

नेपालको डिजिटल गभर्नेन्सको मुख्य समस्या एउटै सूचना पटक–पटक सेवाग्राहीसँग माग्नु रहेको उहाँले उल्लेख गर्नुभयो । एउटा सरकारी निकायले उपलब्ध गराएको सूचना अर्को सरकारी निकायले पुनः माग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।

“एउटा मान्छे जन्मदर्ता गर्न वडा कार्यालय जान्छ, वडा कार्यालयले विवाह दर्ता माग्छ । विवाह दर्ता कसले दिएको हो ? वडा कार्यालयले दिएको हो । आफैँले दिन्छ, आफैँले माग्छ । यो नै आजको दिनमा हाम्रो मुख्य समस्या हो,” बिष्टले भन्नुभयो ।

उहाँले सरकारी कार्यालय, संस्था र सेवाग्राहीबीच सूचना तथा सेवा आदानप्रदान हुने एकीकृत प्रणाली विकास गर्न सके मात्रै वास्तविक डिजिटल ट्रान्सफर्मेशन सम्भव हुने बताउनुभयो ।

ई–गभर्नेन्स बोर्डले सरकारसँग एकपटक उपलब्ध भइसकेको सूचना पुनः सेवाग्राहीसँग माग्न नपर्ने तथा विभिन्न सरकारी निकायबीच आवश्यक सूचना सुरक्षित रूपमा आदानप्रदान गर्न सकिने एकीकृत प्रणाली निर्माणमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बिष्टले नेपालको डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै गएकाले यसलाई बहुआयामिक रूपमा बुझेर सूचना प्रविधि, सेवा, उत्पादन तथा रोजगारी सिर्जनासँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।