१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले भारतमा रहेका लाखौँ नेपाली नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी नभएको भन्दै आपत्ति जनाउनु भयो । सांसद मल्लले गत साउन १ गतेदेखि भारतको सिमलाबाट बेपत्ता भएका सल्यान दार्माका चक्र कार्कीको तत्काल खोजी र उद्धारका लागि सरकारसँग माग गर्नुभयो ।

हराएका नागरिकको खोजीमा सरकारी संयन्त्र तत्काल सक्रिय नहुनु दुःखद् भएको बताउँदै उहाँले भारतमा रहेका नेपालीका लागि २४ सै घण्टा सञ्चालन हुने गरी ‘आपत्कालीन सहायता संयन्त्र’ निर्माण गर्न प्रश्ताव गर्नुभयो ।

नेपाली श्रमिकहरूले भारतमा उचित पारिश्रमिक नपाउने, दुर्घटना हुँदा क्षतिपूर्ति र उपचारमा समस्या भोग्नुपर्ने तथा मृत्यु हुँदा शव स्वदेश ल्याउनसमेत कठिनाइ हुने गरेको बताउनु भयो ।

सम्बोधनका क्रममा सांसद मल्लले दिल्लीमा मात्र सीमित कन्सुलर सेवालाई नेपालीहरूको बाक्लो उपस्थिति रहेका सिमला, बेङ्गलुरु र महाराष्ट्र जस्ता सहरहरूमा विस्तार गर्न माग गर्नुभयो । उहाँले भारतमा रहेका नेपालीहरूको स्वेच्छिक अभिलेखीकरण गरी वास्तविक तथ्याङ्क सार्वजनिक गर्न र सोही आधारमा सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिनुभयो ।