११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया

जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया
अ अ+ अ-

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनका क्रममा नष्ट भएका सरकारी स्रेस्ताको अभिलेख बैंक स्टेटमेन्ट, विद्युतीय प्रणाली र उपलब्ध अन्य प्रमाणका आधारमा पुनः कायम गर्न सकिने बताउनुभएको छ ।

स्रेस्ता नष्ट भएको विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै महालेखा परीक्षक रायाले नष्ट भएका कागजातका कारण रुजु हुन नसकेको करिब १ खर्ब ४७ अर्ब ८९ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबारलाई फरक–फरक प्रकृतिका आधारमा प्रमाणित गर्दै अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँका अनुसार सरकारी खर्चअन्तर्गत विनियोजन खर्च, धरौटी, पेश्की, जिन्सी तथा विभिन्न प्रयोजनका लागि खोलिएका खाताको अभिलेख फरक–फरक विधिबाट पुनः कायम गर्न सकिन्छ ।

विनियोजनतर्फ खर्च भइसकेको रकमको बैंक खाताबाट भएको भुक्तानीको विवरण अहिले पनि बैंक स्टेटमेन्टबाट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । खर्चसँग सम्बन्धित मूल कागजात जलेर नष्ट भए पनि बैंकबाट रकम कहाँ र कुन शीर्षकमा भुक्तानी भएको थियो भन्ने विवरण लिएर सम्बन्धित समितिमार्फत प्रमाणित गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै, धरौटीतर्फ सम्बन्धित व्यक्ति वा संस्थाको नाम र रकम बैंक तथा उपलब्ध अभिलेखका आधारमा पहिचान गर्न सकिने उहाँले बताउनुभयो । पुरानो धरौटीको विवरण नखुले सार्वजनिक सूचना जारी गरी दाबी तथा प्रमाण पेस गर्न आह्वान गर्न सकिने उहाँको भनाइ छ ।

पेश्कीको हकमा म्याद नाघेको र ननाघेको रकमको विवरण बैंक तथा उपलब्ध वित्तीय अभिलेखबाट पहिचान गर्न सकिने उहाँले जानकारी दिनुभयो । विभिन्न प्रयोजनका लागि खोलिएका खातामा रहेको रकमको विवरण पनि बैंक स्टेटमेन्टबाट निकालेर प्रमाणित गर्न सकिने उहाँले बताउनुभयो ।

महालेखा परीक्षक रायाले स्रेस्ता नष्ट भएको भन्दै सबै रकम एकैपटक मिनाहा गर्नु उपयुक्त नहुनेमा जोड दिनुभयो । उहाँले धरौटी, पेश्की लगायत फरक–फरक प्रकृतिका रकम रहेकाले प्रत्येक रकमको प्रकृति छुट्याएर आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो ।

“अहिले देखिएको १ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको रकमको हकमा सबै रकमलाई एकमुष्ट रूपमा ‘मिनाहा’ भनेर टुंग्याउनु उचित हुँदैन । किनभने त्यसभित्र धरौटी, पेश्कीलगायत फरक–फरक प्रकृतिका रकम पनि हुन सक्छन्,” उहाँले भन्नुभयो ।

उहाँले प्रहरी कार्यालयबाट गरिएको सरजमिन मुचुल्का र सम्बन्धित कार्यालयले क्षति भएको तथा कागजात उपलब्ध गराउन नसकिएको व्यहोरासहित दिएको पत्रसमेत प्रमाणका रूपमा रहेको जानकारी दिनुभयो ।

बैंक स्टेटमेन्ट, सफ्टवेयरमा रहेका तथ्यांक, उपलब्ध अन्य अभिलेख, प्रहरीको सरजमिन मुचुल्का र सम्बन्धित कार्यालयको पत्रलाई आधार बनाएर रकमको प्रकृति छुट्याउन सकिने उहाँले बताउनुभयो ।

रायाका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४६ तथा सोअन्तर्गतको नियमावली, २०७७ को नियम १११ मा प्राकृतिक प्रकोप तथा दुर्घटनाबाट स्रेस्ता र जिन्सी सामान नष्ट भएमा मिनाहासम्बन्धी व्यवस्था गरिएको छ ।