८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि सयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरूबीच नेपाल र बेलायतबीचको द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री शाहीले भोलिदेखि हुने आफ्नो लण्डनको भ्रमण बारेमा राजदूतसँग छलफल गर्नुभएको थियोे ।

साथै उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न सगरमाथा संवादको बारेमा राजदूतलाई जानकारी गराउनु भएको थियोे ।भेटवार्तामा राजदूत फेनले सगरमाथा संवादले जलवायुका क्षेत्रमा विश्वलाई नयाँ सन्देश दिने बताउनुभएको थियो । नेपालले उठाएको हिमालका विषयमा बेलायत सरकार सकारात्मक रहेको राजदूतको भनाइ छ । रासस