८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी
अ+ अ-

पर्सा। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिको लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्ववियु निर्वाचन समिति २०८१ ठाकुरराम बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत दिलीपकुमार सिंहले ठाकुर राम क्याम्पसको स्ववियु सभापति पदका लागि विभिन्न सङ्घ–सङ्गठन र समूहकोतर्फबाट १४ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

“आज बिहान ११ बजेदेखि २ बजेसम्मको अवधिमा मनोनयन दर्ता गर्ने समय तोकेका थियौंँ”, उहाँले भन्नुभयो, “यहाँ सभापतिसहित २१ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुदैँछ । जसमा प्रत्यक्षतर्फबाट ११ र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना निर्वाचित हुनेछन् ।” सभापति पदका लागि नेपाल विद्यार्थी सङ्घको तर्फबाट विकास मण्डल धानुक, अनेरास्ववियु पवन यादव, अखिल क्रान्तिकारी अनिषकुमार पटेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी सभापति पदका लागि जय नेपाल विद्यार्थी सङ्घबाट राजु गुप्ता, समाजवादी विद्यार्थी युनियनको तर्फबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपाल मोहमद सजिज अली, स्वतन्त्र विद्यार्थी युनियन समूहबाट दिलीपराज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, स्वतन्त्र युवा समूहबाट श्यामप्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समूह धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी शुद्धामशुप्रसाद चौरासिया, भोट फर चेञ्ज स्वतन्त्र विद्यार्थी युनियन सिकेन्द्रकुमार यादव, सुधीर पटेल समूहको तर्फबाट कमलेशकुमार यादवको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै गरी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तर्फबाट दिपेशकुमार साह रहेका छन् । प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष र आठ सदस्य निर्वाचित हुनेछन् । समानुपातिकतर्फ भने उपाध्यक्ष, सहायक सचिव र अन्य आठ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन अधिकृत सिंहले विभिन्न यसअघि यस क्याम्पसको स्ववियु निर्वाचनको लागि ३४ वटा विद्यार्थी सङ्घ, सङ्घठन र समूहले दर्ता गरेका थिए । रासस