२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिका गाउँपालिकाले मनायो स्थापना दिवस



अ+ अ-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले नवौँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मानसहित विविध सांस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।

पालिकाको स्थापना दिवसको अवसरमा आज गाउँपालिकामा सार्वजनिक बिदा दिइएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी र्‍याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ वर्षीय ज्येष्ठ नागरिक धनमती गुरूङले उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिकाले राजनीतिक तथा सामाजिक, शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायत क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ ।

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका वीरबहादुर कार्कीको सम्मानमा उहाँको परिवारलाई उक्त सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरूङ, बाँस निगालो तथा चोयाका सामग्री निर्माण गर्ने भरिबहादुर पटेल, व्यावसायिक कृषि क्षेत्रमा योगदान पुर्‍याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्णबहादुर रोका, विसम कृषि फर्मका सञ्चालक भूपेन्द्र शर्मासहित हरेक वडाबाट एक/एकजना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।

त्यसैगरि कक्षा ८ र १० को परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रूपमा रू १० हजार र छात्रा कबड्डीमा समूहमा स्वर्ण दिलाउने छात्राको समूहलाई रू २० हजारसहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने संस्कारको सुरूवात गरेको बताउँदै आगामी दिनमासमेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा नौमति पञ्चेबाजा, पुख्र्यौली नाचसहित विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो । रासस