८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

मालिका गाउँपालिकाले मनायो स्थापना दिवस

मालिका गाउँपालिकाले मनायो स्थापना दिवस
अ+ अ-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले नवौँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मानसहित विविध सांस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।

पालिकाको स्थापना दिवसको अवसरमा आज गाउँपालिकामा सार्वजनिक बिदा दिइएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी र्‍याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ वर्षीय ज्येष्ठ नागरिक धनमती गुरूङले उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिकाले राजनीतिक तथा सामाजिक, शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायत क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ ।

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका वीरबहादुर कार्कीको सम्मानमा उहाँको परिवारलाई उक्त सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरूङ, बाँस निगालो तथा चोयाका सामग्री निर्माण गर्ने भरिबहादुर पटेल, व्यावसायिक कृषि क्षेत्रमा योगदान पुर्‍याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्णबहादुर रोका, विसम कृषि फर्मका सञ्चालक भूपेन्द्र शर्मासहित हरेक वडाबाट एक/एकजना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।

त्यसैगरि कक्षा ८ र १० को परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रूपमा रू १० हजार र छात्रा कबड्डीमा समूहमा स्वर्ण दिलाउने छात्राको समूहलाई रू २० हजारसहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने संस्कारको सुरूवात गरेको बताउँदै आगामी दिनमासमेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा नौमति पञ्चेबाजा, पुख्र्यौली नाचसहित विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो । रासस