८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

पोखरा महानगर क्षेत्रको फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार

पोखरा महानगर क्षेत्रको फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार
अ+ अ-

गण्डकी। पोखरा महानगर क्षेत्रको  फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार गरिएको छ ।

पोखरा महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इञ्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरूयोजना तयार गरेको हो ।

महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहर पानी प्रशोधनमार्फत पुनः प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरूयोजनामा उल्लेख गरिएको छ।

महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहरपानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रमार्फत प्रतिदिन एक लाख ३४ हजार घनमिटर पानी प्रशोधन हुने महानगरपालिकाले जनाएको छ ।

गुरूयोजनाअनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुने महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै दुर्गम भूभागमा पानी सङ्कलनका लागि विभिन्न स्थानमा ‘पम्प स्टेसन’ र ‘म्यानहोल पम्प’ जडान गर्ने योजना रहेको उहाँले बताउनुभयो । प्रमुख आचार्यले रू ११ अर्ब लागतको यो परियोजनाअनुसार फोहरपानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“अब हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, शौचालयबाट निस्कने पानीलगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यतिकै छोड्न मिल्दैन”, उहाँले भन्नुभयो, “यसले वातावरण प्रदूषण भइरहेको छ, भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा पोइन्टहरू निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो ।”

जानेर वा नजानेर हाम्रा ढलहरू सीधै खोलामा मिसिने गरेको बताउँदै उहाँले यो योजनाअनुसार फोहर पानी प्रशोधन गरेर मात्र खोलामा मिसाइने जानकारी दिनुभयो । दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै महानगर प्रमुख आचार्यले यसको लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।