८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरुद्ध



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्य आ–आफ्नो आसनबाट उभिएर विरोध जनाउनु भएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक अवरुद्ध हुन पुगेको हो ।

सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा भनाइ राखेका प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले सरकारले अनावश्यक खर्च बढाएको भन्दै विरोध जनाउनुभयो । शाहीले प्रदेश नीति तथा योजना आयोगमा तीन जना सदस्य नियुक्त गर्नुपर्ने ठाउँमा कानुन संशोधन गरेर पाँच जना नियुक्त गर्ने कार्य गरिएको भन्दै यस्तो कानुन सच्याउन माग गर्नुभयो ।

त्यसपछि पनि प्रतिपक्षी दलका सदस्य विरोध कायमै राखेपछि सभामुख भण्डारीले प्रतिपक्षी दलका सदस्यबाट सदन अवरुद्ध हुँदा कारबाही अघि बढ्न नसकेकाले आजको कार्यसूची हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।

आजको बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची थियो । रासस