५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले नागरिक समाजसँग अन्तर्क्रिया र जनप्रदर्शन गर्ने



file
अ+ अ-

काठमाडौँ। समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्तित्वसँग बृहत् अन्तर्क्रिया गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले प्रतिगामी शक्तिविरुद्ध कसरी एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भन्नेबारे सुझाव सङ्कलन गर्न आगामी चैत १ गते अन्तर्क्रिया गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनकारी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने विषयमा छलफल गरिएको र  बैठकमा गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्ने विषयमा समीक्षा गरिएको उहाँले बताउनुभयो ।

बैठकमा यही फागुन २५ गते राजावादीहरूले गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल गरिएको र मोर्चाले निर्माण गर्ने कार्ययोजना चैत १ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिनेसमेत निर्णय गरिएको छ ।

मोर्चाले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालन कार्ययोजनामा तथा समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरेको पनि नेता विश्वकर्माले जानकारी दिनुभयो । बैठकले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्र रक्षाका लागि विशाल प्रदर्शन तथा आमसभा गर्ने निर्णयसमेत गरेको छ ।