८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

नेपाल टेलिभिजन र इन्ट्रा फाउन्डेसनबीच सम्झौता

नेपाल टेलिभिजन र इन्ट्रा फाउन्डेसनबीच सम्झौता
अ+ अ-

काठमाडौँ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट गायन ‘रियालिटी शो मेरो भ्वाइस युनिभसर्’ र ‘नृत्य रियालिटी शो मेरो डान्स युनिभर्स’ को सिजन–२ प्रसारण हुने भएको छ ।

विश्वभरि छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिको माध्यमबाट एक सूत्रमा बाध्ने लक्ष्यका साथ कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले जनाएको छ । दुवै रियालिटी ‘शो’ मा प्रथम हुने विजेतालाई रू एक/एक करोड, दोस्रो हुनेलाई रू २५/२५ लाख र तेस्रो हुनेलाई रू १०/१० लाख पुरस्कार प्रदान गरिने पनि जानकारी दिइएको छ ।

ती ‘शो’ हरू प्रत्येक शुक्रबार, शनिबार, आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने छन् । टेलिभिजनको सहकार्यमा दुवै युनिभर्सको निर्माण तथा प्रसारणका लागि आज नेपाल टेलिभिजन र इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

टेलिभिजनका तर्फबाट व्यापार महाशाखाका निर्देशक राजकुमार थापा र फाउन्डेसनका तर्फबाट नेपाल च्याप्टर प्रमुख बाबुकृष्ण कार्की त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले उक्त कार्यक्रमका माध्यमबाट सार्वजनिक सेवा प्रसारणलाई विश्वमा रहेका नेपालीबीच पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य फुलमान बल र इन्ट्रा फाउन्डेसनका कार्यकारी चुडामणि भट्टराईले यस्ता प्रदर्शन र रियालिटी शोहरूले संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।रासस