२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा यात्रु सवार रेल अपहरणमा पर्यो



अ+ अ-

एजेन्सी । पाकिस्तानमा बलुच लिबरेसन आर्मी (बीएलए)ले मंगलबार एक यात्रु रेल अपहरण गरेको छ ।

बीएलएले दावी गरेको छ कि उनका लडाकुहरूले जाफर एक्सप्रेसमा आक्रमण गरी कब्जा गरेका थिए । १२० यात्रुलाई बन्धक बनाएको छ । ट्रेन क्वेटाबाट पेशावर जाँदै थियो ।

पाकिस्तानी अखबार द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । शाहिदले भने, ‘क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेहरो कुन्री र गडलारबीच भारी गोलीबारी भएको खबर छ । यस अवधिमा ६ सैनिकको मृत्यु भएको छ ।’

एक विज्ञप्तिमा बीएलएले भनेको छ –‘हाम्रा लडाकुहरूले मस्कफ, धादर र बोलानमा यो अभियानको योजना बनाएका छन् । रेलवे ट्र्याक उडाएको छ, जसका कारण जाफर एक्सप्रेस रोकिनु परेको छ । यसपछि हाम्रा लडाकुहरूले यो ट्रेन कब्जा गरे र यात्रुहरूलाई बन्धक बनाए ।’

बन्धकहरूमा पाकिस्तानी सेना, प्रहरी, एन्टी टेररिज्म फोर्स (एटीएफ) र इन्टर(सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) का एजेन्टहरू रहेका छन् जो पञ्जाब जाँदै थिए ।

महिला, बालबालिका र बलुच यात्रुहरूलाई रिहा गरिएको छ भने पाकिस्तानी सुरक्षा बलका कर्मचारीहरूलाई मात्र बन्धक बनाइएको छ ।

नोभेम्बर १४ मा क्वेटा रेलवे स्टेशनमा भएको विस्फोटमा २६ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । त्यसबेला पनि आक्रमणको जिम्मेवारी आतंकवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए)ले लिएको थियो ।