११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता



अ+ अ-

काठमाडाैँ । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

प्रधान न्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी समेत लिनुभएको थियो । उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डा शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी हुनुहुन्थ्यो । रासस