३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु

भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु
अ+ अ-

काठमाडौँ। विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ ।

मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् । आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीवारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । त्यहाँका ११ जिल्लाका करिब ६ लाख मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

भारी वर्षा र बाढीले ठूलो संख्यामा सर्वसाधारणलाई घरबारविहीन बनाएको छ । मनसुन तिब्र भएसँगै आसामका साथै विशेषगरी गुजरात र महाराष्ट्रमा पनि बाढीको जोखिम बढेको छ ।

सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृष्यहरूमा महाराष्ट्रका सहरी क्षेत्रहरू जलमग्न भएको देखिएको छ, जहाँ सवारी साधनहरू डुबानमा परेका छन् ।

साथै, सडक तथा पुल जस्ता भौतिक पूर्वाधारहरूमा पनि पूर्ण वा आंशिक रूपमा क्षति पुगेको छ । विभिन्न नदीहरूमा जलस्तर बढेर गाउँ तथा सहरका आवासीय क्षेत्रमा पानी पसेपछि जनजीवन कष्टकर बनेको छ। बाढीका कारण कृषि बाली र चौपायामा समेत व्यापक क्षति पुगेको छ ।सिन्ह्वाको/न्युज एजेन्सी नेपाल