११ श्रावण २०८३, सोमबार
,
Latest
ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल



अ+ अ-

काठमाडाैँ । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन् । यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन् ।

बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ । बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ ।

नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेकपाबीच सत्ता गठबन्धनको सहमति भए पनि बागमतीमा यी दुई दलबाट मात्र सरकार बन्ने अवस्था छैन । नेकपा (एमाले)ले सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताउनुभयो । कांग्रेसले सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । रासस