९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी



अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको अनधिकृत आयात, भण्डारण तथा बिक्री–वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ।

विभागले साेमबार सूचना जारी गर्दै प्रतिबन्धित वस्तुहरू बजारमा भौतिक तथा डिजिटल प्लेटफर्ममार्फत बिक्री–वितरण भइरहेको सम्बन्धमा उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकारले विभिन्न वस्तुको निकासी तथा पैठारीमा मनाही, नियन्त्रण वा पूर्ण तथा परिमाणात्मक बन्देज लगाउन सक्ने कानुनी व्यवस्था रहेको विभागले स्मरण गराएको छ।

विभागले प्रतिबन्धित वस्तु अनधिकृत रूपमा पैठारी, सञ्चय तथा बिक्री–वितरण गर्ने कार्य कानुनबमोजिम दण्डनीय रहेको जनाएको छ। साथै, सबै पैठारीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई कानुनले तोकेको दायित्व र सर्त–बन्देज पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

कानुनविपरीतका गतिविधि गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले स्पष्ट पारेको छ।