८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

रोङका एक सय २१ किसान ‘गुरु किसान’

रोङका एक सय २१ किसान ‘गुरु किसान’
अ+ अ-

इलाम। रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिनुभयो । छ वटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । “अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।

यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताउनुभयो । रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गर्नुभयो । “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदोरहेछ”, किसान राईले भन्नुभयो, “आउँदो वर्ष यही खेतीमा अझ मेहेनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”

यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गुरु किसान कार्यक्रम ल्याइएको उपाध्यक्ष भुजेलको भनाइ छ । “उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष प्राथमिकता दिँदै सञ्चालन गरिएको गुरु किसान परियोजनाले दक्ष एवं अग्रज किसान छनोट गरेर उहाँहरूलाई पुलको रूपमा उपयोग गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ ।”

किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन यो अवधारणा ल्याइएको अध्यक्ष स्याङ्बोको भनाइ छ । “उत्पादकत्वमा ख्याल गर्ने मेहेनती किसान, सबै व्ययवस्थापनलाई चुस्त राख्ने किसान, क्वालिटी, क्वान्टिटी र कन्टिन्यु प्रोडक्सन गर्ने किसानलाई गुरु किसान भनेका छौँ”, उहाँले भन्नुभयो, “आफूले जानेको सीप छिमेकीलाई सिकाउनेलाई गुरु किसान भनिएको हो । अब लगानी गर्दा गुरु किसानमार्फत नै गरिन्छ । अहिले एक सय २१ गुरु किसानबाट सुरु गरेका छौँ, भोलि एक हजार पुग्न सक्छ ।”

किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताउनुभयो । पालिकाले गुरु किसानलाई लागो, पहिचान खुल्ने पहिरन, उहाँहरूले अध्ययन गर्ने पुस्तक, बोक्ने ब्याग, अभिलेख डायरी दिएको छ । “व्यावसायिक तालिममा जोडेर उहाँहरूको क्षमता विकासमा टेवा पुर्याउने काम गर्छौँ । प्रविधि हस्तान्तरणसहित उत्पादकत्वमा प्रतिस्पर्धा गराउँछौँ”, उपाध्यक्ष भुजेलले भन्नुभयो, “कार्यक्रमअन्तर्गत थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहेनती र अगुवा किसानलाई पालिकाले सम्मान गर्ने कार्ययोजना छ ।”

कार्यक्रमअन्तर्गत पालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने बताएको छ । कृषि पेसाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसान दिलकुमार अर्यालले बताउनुभयो । “यो कार्यक्रम उत्कृष्ट लाग्यो । किसानले उत्पादन गरे पनि बजारीकरण गर्न नसक्दा प्रतिफल पाएका थिएनाँै । कृषि पेसा नै छाड्नुपर्छ भन्ने निराशा बढेको थियो । यस्तो बेलामा पालिकाको यो कार्यक्रमले प्रोत्साहन भएको छ”, कृषक अर्यालले भन्नुभयो ।

आधुनिक खेती पद्धतिको विकास गर्दै पालिकालाई समृद्ध बनाउन सुरु गरिएको गुरु किसान परियोजनाले यहाँका किसानमा खेतीप्रति जाँगर थपिएको कृृषक माया राई बताउनुहुन्छ । कृषक राम आचार्य भन्नुहुन्छ, “किसान त हामी पहिलेबाटै थियौँ । तर, यो कार्यक्रमले किसानमा पनि आधुनिक खेती प्रणालीको विकास गर्न जरुरी रहेछ । शिक्षित हुनुपर्नेरहेछ भन्ने कुराको बोध भएको छ ।”रासस