८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
अ+ अ-

गण्डकी। बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो । टोड्केबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्ने रहर अधूरै रहेपनि यहाँको लेकाली हावापानी र न्यानो आतिथ्यताले सबैजना रमाएका थिए ।

गत शुक्रबार समुद्री सतहदेखि दुई हजार ४३० मिटर उचाइको टोड्के पुग्दा वरपरका बस्ती र डाँडापाखा बादलभित्र लुकामारी खेलिरहेका थिए । नौरङ्गी गुराँस फुल्ने टोड्केका स्थानीयले गुराँसका थुङ्गा हातमा टक्राए र टीका लगाएर स्वागत गरे । धवलागिरि क्षेत्रको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको प्रकाशन ‘धवलागिरि जागरण’ दैनिकको १८औँ वार्षिकोत्सव मनाउन सञ्चार उद्यमी, पत्रकारलगायतको टोली टोड्के पुगेका थिए ।

पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको टोड्केको पर्यटन प्रवर्द्धनमा थप टेवा पु-याउने उद्देश्यले पत्रिकाको वार्षिकोत्सव यहाँ मनाइएको थियो ।  म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलका रूपमा रहेको टोड्के कुनैबेला खर्कका रूपमा चिनिन्थ्यो । भौगोलिक कठिनाइका कारण जोकोही आउजाउ गर्न सक्दैनथे । रघुगङ्गाको झिँ र मङ्गलाको पूर्ण गाउँका किसान गोठ राख्न र घाँसदाउरा गर्न जान्थे । विकासका पूर्वाधार धेरैपछि मात्र टोड्केमा पुग्यो ।

प्राकृतिक र धार्मिक महत्व बोकेको टोड्केलाई गाउँका अगुवाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना ल्याए । पाँच वर्षअघि ‘टोड्के हिल रिसोर्ट’ खुल्यो । विस्तारै टोड्केमा पर्यटकीय गतिविधि सुरु हुन थाले । आन्तरिक पर्यटकको रोजाइमा टोड्के पर्न थाल्यो । ३३ जना व्यववसायी मिलेर रु. तीन करोडको लागतमा रिसार्ट सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी भीम शेरचनले बताउनुभयो । रिसोर्टमा पुग्ने पाहुना यहाँको प्राकृतिक सुन्दरतामा जति रमाउँछन् उति नै यहाँको आतिथ्यताले लोभिन्छन् ।

यहाँ आउने पाहुनालाई सिस्नो, सिन्की, फापरको साग, मकै, भटमास, मुलालगायत स्थानीय खानाका परिकार ख्वाउने गरेको रिसोर्ट सञ्चालक शेरचनले बताउनुभयो । “यहाँको मुख्य उत्पादन भनेको आलु र मुला हो, रिसोर्टमा आउने पाहुनलाई यहीँको उत्पादन ख्वाउने गर्छौँ, मासुजन्य परिकारका लागि कुुखुरा पनि रिसोर्टमै पालेका छौँ,” उहाँले भन्नुभयो । रिसोर्टमा एकदिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ ।

टोड्केको जङ्गलमा भएको सुरुङ (टोड्को)मा पहिलेपहिले गाईवस्तु अड्किने र तिनलाई बाघभालुले खाइदिने हुनाले यस ठाउँको नाम टोड्के रहन गएको किम्बदन्ती छ । सडक, सञ्चार, विद्युत्् आदिको सुविधाले पछिल्लो समय टोड्केको जनजीवन फेरिएको छ । टोड्के विकास कोषमार्फत पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् ।

शान्त र मनोरम वातावरणमा रमाउन चाहने पर्यटकका लागि टोड्के उपयुक्त गन्तव्य रहेको रघुगङ्गा गाउँपालिका–५ झिँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । टोड्केबाट एकसाथ गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने उहाँको भनाइ छ ।

स्वर्गद्वारी महाप्रभुलगायत सन्तमहात्माले तपस्या गरेको टोड्केको धार्मिक महत्व उत्तिकै रहेको शिवालय मन्दिरका पूजारी जनक सुवेदीले बताउनुभयो । टोड्केमा शिवालय मन्दिर र आश्रम छ, जसलाई स्वर्गद्वारी आश्रम, प्युठानको शाखाको रूपमा लिइन्छ ।

मगर जातिको बाहुल्य रहेको टोड्केमा सोरठी, सालैजो, यानीमाया, भजनकीर्तन, पञ्जेबाजाजस्ता मौलिक संस्कृति संरक्षित छन् । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले बताउनुभयो । वनभोजस्थललगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणाधीन छन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि टोड्के पुग्न पाँच सडकमार्ग छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के १९ किमि, बेनी–अर्थुङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के १५ किमि र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के १४ किमि दुरीमा छ । त्यसैगरी बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै २९ किमि दुरीमा टोड्के पुग्न सकिन्छ । बेनी–गलेश्वर–पात्लेखत–वाखेत हुँदै १९ किमि दुरीको अर्को सडकले टोड्केलाई जोड्छ ।

पदयात्राका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार हुँदै टोड्के पुगिने पुरानो घोडेटो बाटो पनि छ । झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा घरबास (होमस्टे) सुविधा छ ।

टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धवलागिरि हिमालको आधारशिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धवलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अवधारणा अगाडि सारिएको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्णरूपमा विस्थापित भएको अवस्थामा टोड्के–धवलागिरि पानोरमा सांस्कृतिक र धवलागिरि सेञ्चुरी पदमार्ग महत्त्वपूर्ण वैकल्पिक मार्गमा रूपमा स्थापित गर्न सकिने सम्भावना छ । रासस