८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा
अ+ अ-

काठमाडौं। नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई अन्त्य गर्न गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्थाका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए।

उनका अनुसार स्काउटका नेतृत्व तहमा भएको नीतिगत कमजोरी, आर्थिक अपारदर्शिता, कर्मचारी प्रशासनमा गरिएको अन्यायपूर्ण नियमावली, तथा कार्यस्थलमा दुर्व्यवहार जस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

अभियानका प्रतिनिधिहरूले फागुन ६ गते प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई प्रत्यक्ष भेट गर्दै चार सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्र प्रधानमन्त्री तथा नेपाल स्काउटका संरक्षक समक्ष पनि पठाइएको थियो। ज्ञापनपत्र बुझाएको सात दिन भइसक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै अभियानले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। संयोजक अधिकारीले नेपाल स्काउटका नेतृत्व तह सरकारको दबाबमा रहेको आरोप लगाउँदै सरकार गम्भीर नभए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

पत्रकार सम्मेलनमा संयोजक अधिकारीले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईविरुद्ध दर्ता भएका गम्भीर आरोपहरूको छानबिन नहुनु संगठनकै नैतिकता माथिको प्रश्न भएको बताए। उनका अनुसार भट्टराईमाथि कार्यस्थलमा दुर्व्यवहार, आर्थिक अनियमितता जस्ता गम्भीर आरोप दर्ता भए पनि कुनै छानबिन प्रक्रिया अगाडि नबढाइएको छ।

भट्टराईविरुद्ध १० बुँदे उजुरी परे पनि त्यसको छानबिन नगर्नु सरकारको उदासीनताको प्रमाण भएको अभियानको आरोप छ। संयोजक अधिकारीले भने, “हामी कुनै व्यक्तिविशेषको विरोध गरिरहेका छैनौँ, तर संस्थाभित्रको गलत प्रवृत्तिको अन्त्य अनिवार्य छ। भट्टराईमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्छ। छानबिन नसकिएसम्म उनलाई जिम्मेवारीमा राख्नु उचित होइन।”

नयाँ नियमावलीले कर्मचारीहरू निराश

नेपाल स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को केही प्रावधानहरू कर्मचारीको मनोबल गिराउने खालका रहेको भन्दै अभियानले त्यसको पुनरावलोकनको माग गरेको छ। विशेष गरी, प्रसूति बिदा जस्ता सुविधाहरूमा गरिएको कटौती कर्मचारीहरूप्रति अन्यायपूर्ण भएको अभियानको दाबी छ।

संयोजक अधिकारीका अनुसार नियमावली कुनै व्यापक छलफल नगरी हतारमा पारित गरिएको छ। उनले भने, “नियमावली लागू गर्दा राष्ट्रिय परिषद्मा छलफल हुनु जरुरी छ। तर, यहाँ नेतृत्व तहले एकलौटी निर्णय लिएको छ, जसले कर्मचारीहरूलाई निराश बनाएको छ।”

नेपाल स्काउट पछिल्लो समय नकारात्मक रूपमा चर्चामा आउनु मुख्यत: संगठनभित्रको अपारदर्शिता, नेतृत्वको कमजोरी र गलत नीतिहरू भएको अभियानको आरोप छ। संयोजक अधिकारीले भने, “नेपाल स्काउट एक अनुशासित र समाजसेवा केन्द्रित संगठन हो। तर, पछिल्लो समय यहाँ भएका गलत कार्यहरूकै कारण यसको छवि धमिलिएको छ।” अभियानका प्रतिनिधिहरूका अनुसार नेतृत्व तहले समस्याहरू समाधान गर्नुको सट्टा झन् झन् अपारदर्शी नीतिहरू ल्याउँदैछ।